भोलिसम्म सेयर किन्नेले पाउनेछन् आशा लघुवित्तको लाभांश, कति दिँदैछ ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर २० गते
भोलिसम्म सेयर किन्नेले पाउनेछन् आशा लघुवित्तको लाभांश, कति दिँदैछ ?

आशा लघुवित्तको लाभांश सूरक्षित गर्ने भोलि मंसिर २१ गते अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जस अनुसार, मंसिर २१ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन्।

उक्त लाभांश पारित गर्न कम्पनीले आगामी पुस ४ गते शुक्रबार धुलिखेलस्थित अरनिको होटलमा साधारणसभा आयोजना गर्ने भएको छ। सभामा लाभांशसहितका विविध प्रस्ताव पेश गरिनेछन्। सभाले हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांशसहित कुल १० प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्नेछ। साधारणसभा पारित गरेपछि लगानीकर्ताले लाभांश प्राप्त गर्नेछन्।

कम्पनीले विशेष प्रस्तावअन्तर्गत मर्जर तथा एक्विजिसनसम्बन्धी अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि ल्याएको छ। यसअन्तर्गत सम्भावित गाभ्ने/गाभिने प्रक्रियाका लागि ड्यु डिलिजेन्स अडिट गराउन मूल्याङ्कनकर्ता नियुक्त गर्ने, समझदारीपत्र तयार गर्ने तथा आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन समिति सक्षम बनाइनेछ। त्यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स