नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संवैधानिक परिषद्मा अल्पमतमा परेपछि उपसभामुख इन्दिरा रानाको विषयलाई हाइलाइट गरिएको बताएका छन्।
आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले त्यस्तो बताएका हुन् ।
‘उपसभामुखको विषय आयो। खासगरी, राजनीतिक र नैतिक प्रश्न यो हो। यसलाई स्वीकार गर्नुपर्छ। संवैधानिक परिषद्मा तपाईंहरू अल्पमतमा पर्नुभयो भनेर जुन उद्देश्यका साथ हाइलाइट गरिएको छ। यदी साँच्चै त्यो हो भने मान्छेको चरित्र हत्या गर्नेका प्रति संसद्ले न्याय गर्न पर्छ,’ उनले भने।
रास्वपाबाट उपसभामुख बनेकी रानामगरले पाँच व्यक्तिलाई अमेरिका लैजान भनी नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि विवादमा मुछिएकी छन् । यस प्रकरणमा उनी विरुद्ध संसदको राज्य व्यवस्था समितिमा उजुरी समेत परिसकेको छ ।




















प्रतिकृया