दाउन्ने सडकमा यातायात बन्द हुने समयमा सवारीसाधनहरू कहाँ रोक्न मिल्ने ?

दाउन्ने सडकमा यातायात बन्द हुने समयमा सवारीसाधनहरू कहाँ रोक्न मिल्ने ?

नारायणगढ–बुटवल सडकअन्तर्गत दाउन्ने खण्डमा अब यातायात पूर्ण रूपमा बन्द गरेर निर्माण कार्य अघि बढाइने भएको छ।

निर्माण कार्य सहज बनाउन चैत २७ गतेदेखि ३१ गतेसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र वैशाख १ गतेदेखि १५ गतेसम्म प्रत्येक राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोक्ने निर्णय गरिएको छ।

आयोजनाले यातायात बन्द हुने समयमा सवारीसाधनहरू रोक्न मिल्ने स्थानहरू पनि सार्वजनिक गरेको छ। नारायणघाटबाट बुटवलतर्फ जाने यात्रुवाहक सवारीका लागि होङ्सी सिमेन्ट गेटदेखि दुम्कीबास बजारसम्मको खण्डमा पार्किङ गर्न मिल्नेछ भने मालवाहक सवारी चोरमारा–अरुणखोला खण्डमा रोक्न सकिनेछ। त्यस्तै, बुटवलबाट नारायणघाटतर्फ आउने यात्रुवाहक सवारीका लागि चिसापानी–बर्दघाट खण्डमा र मालवाहक सवारीका लागि ज्यामिरे–हकुई खण्डमा सवारी रोक्न मिल्नेछ।

साथै, सवारीसाधनहरूलाई तोकिएको स्थानमा सवारी रोक्दा वा चलाउँदा कडाइसाथ लेन अनुशासन पालना गर्न र ओभरटेक नगर्न पनि अनुरोध गरिएको छ।

narayangarch butwal sadak noticed https://bajarkochirfar.com/where-can-vehicles-be-parked-during-traffic-closures-on-daunne-road | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स