कस्तो छ नेपाल हाइड्रो डेभलोपर वित्तीय अवस्था ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २५ गते
कस्तो छ नेपाल हाइड्रो डेभलोपर वित्तीय अवस्था ?
Advertisement Ads

नेपाल हाइड्रो डेभलोपर लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनीको खुद नाफा ०.५९ प्रतिशतले घटेर २ करोड १६ लाख रुपैयाँमा सिमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो।

🔴 Quarterly Report LIVE Update [Q1]: नेप्सेमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको LIVE अपडेट

वित्त खर्च बढेका कारण कम्पनीको नाफामा सामान्य गिरावट आएको हो। समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट ३ करोड ६८ लाख ४४ हजार रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ३ करोड २४ लाख ४५ हजार रुपैयाँ थियो।कम्पनीको वित्त खर्च ३५.०३ प्रतिशतले बढेर १८ लाख ४७ करोड रुपैयाँ पुगेको छ।

३८ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको नेपाल हाइड्रो डेभलोपर रिजर्भ फन्डको आकार २७.१२ प्रतिशतले बढेर १० करोड ५८ लाख रुपैयाँ पुगेको छ। कम्पनीको कुल चालु सम्पत्ति १० करोड ६ लाख र कुल चालु दायित्व १ करोड ६७ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २४ रुपैयाँ २६ पैसाबाट घटेर २२ रुपैयाँ ३३ पैसामा आएको छ। यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ २६ पैसा, मूल्य आम्दानी अनुपात २८.५० गुणा र आरओए १४.०५ प्रतिशत कायम भएको छ।

NHDL 1 https://bajarkochirfar.com/what-is-the-financial-condition-of-nepal-hydro-developer | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स