यी पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछ लाभांश ?



महालक्ष्मी विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स, तारागाउँ रिजेन्सी होटल्स, सिंगटी हाइड्रो इनर्जी र नेपाल हाइड्रो डेभलोपरका लागि लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी पाँचै कम्पनीले पुस ७ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसअनुसार पुस ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले सम्बन्धित कम्पनीहरूको साधारण सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

महालक्ष्मी विकास बैंकले पुस २१ गते, सोमबार, काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा २४औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सभा बिहान १० बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर तथा सोको कर प्रयोजनार्थसहित ५.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन, कर्पोरेट भवन निर्माणका लागि जग्गा वा भवन खरिद, सञ्चालक समितिको निर्वाचन, स्वतन्त्र सञ्चालक नियुक्ति र लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरू पनि सभामा पेश गरिनेछन्।

नेपाल लाइफ इन्स्योरेन्सले पुस १९ गते, शनिबार, वीरगञ्जस्थित होटल भिष्वामा २६औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ९ बजे सुरु हुनेछ।

सभाले चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १६.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन, संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक निर्वाचन तथा लेखापरीक्षक नियुक्ति सम्बन्धी प्रस्तावहरू पनि पारित गरिनेछन्।

तारागाउँ रिजेन्सी होटल्सले पुस २३ गते, बुधबार, काठमाडौंको भद्रकालीस्थित नेपाल आर्मी अफिसर्स क्लबमा २९औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश (करबाहेक) वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू पारित गर्नेछ।

 सिंगटी हाइड्रो इनर्जीले पुस २१ गते, सोमबार, धुम्बाराहीस्थित धुम्रबराह भेन्यु, काठमाडौंमा १६औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ।

सभाले चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने तथा बोनस सेयरपछि कायम हुने चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, अन्य आयोजनामा अध्ययन तथा लगानी, कर्पोरेट बैंक ग्यारेन्टी प्रदान गर्ने र लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरू पनि सभामा पेश गरिनेछन्।

नेपाल हाइड्रो डेभलोपर लिमिटेडले पुस २३ गते, भाटभटेनीस्थित अम्रपाली बैंक्वेट, काठमाडौंमा १९औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर तथा सोको कर प्रयोजनार्थ ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन, स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन लगायतका प्रस्तावहरू पनि सभामा प्रस्तुत हुनेछन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर

Ads will close in 8 seconds
Skip Ad