प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष पाँच सय युवा उद्यमीलाई स्टार्टअप ऋण सहायता प्रदान गर्ने घोषणा गरेका छन्। उनले यसका लागि सहुलियत व्याजदरमा कर्जा उपलब्ध गराउने कार्यक्रमको अन्तिम छनोट प्रक्रिया अब समाप्तिको स्थितिमा रहेको जानकारी दिए।
बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले स्टार्टअपमा आधारित उद्यमशीलता विकास र नवप्रवर्तनलाई प्रोत्साहन गर्न कर्जा प्रवाह गर्ने प्रक्रिया अगाडि बढाइएको उल्लेख गरे। उनले यस कार्यक्रमले सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र लगानीकर्ताहरूलाई आकर्षित गर्ने उद्देश्य राख्ने बताए।
उनले स्वदेशमा उत्पादन र उत्पादकत्वलाई बढावा दिँदै आन्तरिक रोजगारीका अवसर सिर्जना गर्ने सरकारको प्रतिबद्धता व्यक्त गरे। साथै, हालै सम्पन्न राष्ट्रिय श्रम र रोजगार सम्मेलनको उल्लेख गर्दै, नेपालले रोजगार र उद्यमशीलता सृजनामा ध्यान दिइरहेको बताए।
प्रधानमन्त्री ओलीले संसारलाई “ग्लोबल भिलेज”को रूपमा परिभाषित गर्दै भने, आजका दिनमा कुनै पनि विकसित र धनी देशका नागरिकले आफ्नो इच्छाअनुसार विदेश जान सक्छन्। यसमा नकारात्मकता खोज्नुको सट्टा, युवाहरुलाई स्वदेशमा उद्यमशीलता र रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा सरकारले काम गरिरहेको छ।
उनले देशको भविष्यका लागि उद्योग र लगानीको वातावरण सुधार गर्दै, स्वदेशी र विदेशी लगानीलाई आकर्षित गर्ने प्रयास गरिरहेको छ, जसले गर्दा रोजगार सृजनामा मद्दत पुर्याउँछ र व्यापार घाटा घटाउने बताए ।
प्रधानमन्त्री ओलीले युवाहरूलाई स्वदेशमै उद्यमशीलता र रोजगारीका अवसर सिर्जना गर्ने प्रयास जारी रहेको र देशलाई प्रगति र समृद्धिको दिशा तर्फ लैजानका लागि सरकार निरन्तर काम गरिरहेको बताए।
उनले यो पनि जोड्दै भने, “देशका औद्योगिक वातावरण सुधार गर्न, स्वदेशी र विदेशी लगानीलाई आकर्षित गर्न, उत्पादन र उत्पादकत्व बढाउँदै रोजगारी सिर्जना गर्न र व्यापार घाटा न्यूनीकरणका लागि विभिन्न नीतिगत र कानूनी सुधार गर्न सरकार प्रतिबद्ध छ।”



















प्रतिकृया