राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकारले आफ्नो लक्ष्य र वाचाअनुसार काम नगरे पार्टीले हस्तक्षेप गर्ने बताएका छन्।
काठमाडौंमा नेपाली युवा उद्यमी मञ्चको २२औँ वार्षिक साधारण सभामा बोल्दै लामिछानेले सरकारको कार्यशैली र स्थायित्वबारे धारणा राख्दै सरकार आफ्नो बाटोबाट विचलित भए राजनीतिक दलका तर्फबाट नियन्त्रण गरी सही मार्गमा ल्याउने क्षमता आफूहरूसँग रहेको बताएका हुन्।
उनले सरकार अहिले नै असफल भइनसकेको र त्यस्तो अवस्था आउन नदिन आफूहरू सचेत रहेको बताए। सरकार सञ्चालनको प्रक्रियालाई हवाई उडानसँग तुलना गर्दै उनले कहिलेकाहीँ प्राविधिक समस्या वा बाह्य कारणले आउने ‘टर्बुलेन्स’बाट आत्तिन नहुने धारणा राखे।
लामिछानेले आम नागरिकलाई ढुक्क रहन आग्रह गर्दै सरकारलाई सही ढङ्गले गन्तव्यमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
प्रतिकृया