कुमारी बैंकको ३ लाख बढी कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण २४ गते
कुमारी बैंकको ३ लाख बढी कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउने ?
AdvertisementAds

कुमारी बैंक लिमिटेडले ३ लाख २० हजार ९४८ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ।

बैंकले संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेको हो। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिनुपर्ने व्यवस्था छ।

सोहीअनुसार बैंकका विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

इच्छुक संस्थापक सेयरधनीले काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवश्यक आवेदन दिनुपर्नेछ।

उक्त संस्थापक सेयरको बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ।

AdvertisementAds

तोकिएको अवधिमा विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेमा सेयर बिक्रीसम्बन्धी प्रक्रिया नियमानुसार अघि बढाइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स