मन्त्रिपरिषद्ले राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ। अर्थ मन्त्रालयले साउन ६ गते पठाएको तलबमान प्रस्ताव १५ दिनपछि मन्त्रिपरिषदबाट स्वीकृत भई सम्बन्धित निकायमा पठाइएको हो।
स्वीकृत नयाँ तलबमानअनुसार अब मुख्य सचिवले सबैभन्दा बढी मासिक ९० हजार ५ सय ९४ रुपैयाँ तलब पाउनेछन्। सबैभन्दा कम तलब प्रथम स्तरका कार्यालय सहयोगीको रहनेछ, जसले मासिक २८ हजार ९ सय ८४ रुपैयाँ पाउनेछन्।
त्यस्तै, नेपाली सेनाका प्रधान सेनापतिले पनि मुख्य सचिवसरह ९० हजार ५ सय ९४ रुपैयाँ तलब पाउनेछन्। प्रहरी महानिरीक्षकको मासिक तलब भने ८४ हजार ५ सय ७६ रुपैयाँ निर्धारण गरिएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले साउनदेखि लागू हुने गरी राष्ट्रसेवक कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि गर्नुका साथै प्रोत्साहन भत्ताका रूपमा थप १० प्रतिशत वृद्धि गर्ने घोषणा गरेका थिए।
पेन्सनधारीको हकमा भने १० प्रतिशत मात्रै वृद्धि लागू हुने व्यवस्था गरिएको छ।










![Nepse Gap Fill नगरी माथि जान सक्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/l0iAiQQCcl4-maxresdefault-768x432.jpg)

![घरजग्गा मार्फत कसरी हुन्छ सम्पत्ति शुद्धिकरण ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/r-yxcMlaEZg-maxresdefault-768x432.jpg)


![Nepse Gap Fill नगरी माथि जान सक्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/l0iAiQQCcl4-maxresdefault-150x150.jpg)

![घरजग्गा मार्फत कसरी हुन्छ सम्पत्ति शुद्धिकरण ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/r-yxcMlaEZg-maxresdefault-150x150.jpg)


प्रतिकृया