एनआईसी एशिया बैंक लिमिटेडले काठमाडौंस्थित तीन वटा शाखा कार्यालय समायोजन गर्ने भएको छ। बैंकले २०८३ मंसिर ७ गतेदेखि लागू हुने गरी डिल्लीबजार, लाजिम्पाट र क्षेत्रपाटी शाखालाई अन्य शाखासँग समायोजन गरी बैंकिङ सेवा सञ्चालन गर्ने जनाएको छ।
बैंकका अनुसार डिल्लीबजार शाखा कमलादी शाखामा, लाजिम्पाट शाखा ठमेल शाखामा तथा क्षेत्रपाटी शाखा न्युरोड विशाल बजार शाखामा समायोजन हुनेछ।
समायोजनपछि सम्बन्धित शाखाका ग्राहकले सञ्चालनमा रहने शाखाबाट पूर्ववत सम्पूर्ण बैंकिङ सेवा तथा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

प्रतिकृया