कुमारी क्यापिटलका तीन म्युचुअल फण्डको लाभांश घोषणा, बुक क्लोज कहिले ?

कुमारी क्यापिटलका तीन म्युचुअल फण्डको लाभांश घोषणा, बुक क्लोज कहिले ?
Advertisement Ads

कुमारी क्यापिटलले व्यवस्थापन गर्दै आएका तीनवटा सामूहिक लगानी योजना (म्युचुअल फण्ड) का इकाईधनीलाई नगद प्रतिफल वितरण गर्ने घोषणा गरेको छ। कुमारी इक्विटी फण्ड, कुमारी धनवृद्धि योजना र कुमारी सबल योजनाका इकाईधनीले करसहित १० प्रतिशतसम्म प्रतिफल प्राप्त गर्ने भएका छन्।

कुमारी बैंक प्रवर्द्धक तथा कुमारी क्यापिटल योजना व्यवस्थापक एवं डिपोजिटरी रहेको कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित तीनवटै योजनाको प्रतिफल घोषणा गरिएको हो।

घोषणाअनुसार कुमारी इक्विटी फण्ड का इकाईधनीलाई करसहित १० प्रतिशत, अर्थात् १० करोड रुपैयाँ नगद प्रतिफल वितरण गरिनेछ। कुमारी धनवृद्धि योजना का इकाईधनीले करसहित १० प्रतिशत, अर्थात् १२ करोड २५ लाख ७ हजार रुपैयाँ प्रतिफल प्राप्त गर्नेछन्।

त्यस्तै, कुमारी सबल योजना का इकाईधनीलाई करसहित २.९० प्रतिशत, अर्थात् २ करोड १५ लाख ९७ हजार रुपैयाँ नगद प्रतिफल वितरण गर्ने घोषणा गरिएको छ।

प्रतिफल वितरण प्रयोजनका लागि तीनै म्युचुअल फण्डको इकाईधनी दर्ता किताब (बुक क्लोज) भदौ ४ गते एक दिनका लागि बन्द गरिनेछ। त्यसअनुसार भदौ ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका इकाईधनी प्रतिफल प्राप्त गर्न योग्य हुनेछन्।

क्यापिटलका अनुसार आफ्नो इकाई धितो राखेका इकाईधनीले प्रतिफल प्राप्त गर्न सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट ‘नो अब्जेक्सन लेटर’ (NOC) वा फुकुवा पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। आवश्यक कागजात प्राप्त भएपछि मात्र प्रतिफल सम्बन्धित हितग्राही खातामा उल्लेखित बैंक खातामा जम्मा गरिने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स