एनएमबि सरल बचत फण्ड–इले लाभांश घोषणा गर्यो

एनएमबि सरल बचत फण्ड–इले लाभांश घोषणा गर्यो
Advertisement Ads

एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड–इ ले आर्थिक वर्ष २०८२/८३ का लागि इकाईधनीलाई ५.२५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने भएको छ।

एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको फण्डले २०८३ असार मसान्तमा कायम ४ अर्ब ८१ करोड १७ लाख ५५ हजार ९७८ रुपैयाँ ४० पैसा बराबरको इकाई पुँजीमा करसहित ५.२५ प्रतिशतका दरले २५ करोड ६८ लाख १७ हजार १८८ रुपैयाँ ८७ पैसा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

उक्त प्रतिफल प्राप्त गर्न २०८३ साउन २१ गतेसम्म इकाईधनी दर्ता किताबमा कायम रहेका इकाईधनीहरू योग्य हुनेछन्।

फण्डले प्रतिफल वितरणलाई नियामकीय व्यवस्थाअनुसार पारदर्शी र व्यवस्थित रूपमा सम्पन्न गर्ने जनाएको छ। इकाईधनीले Dividend Reinvestment Plan (DRIP) रोजेमा प्राप्त प्रतिफलबाट थप इकाई खरिद गरी लगानी विस्तार गर्न सक्नेछन्।

DRIP मा सहभागी नहुने इकाईधनीको प्रतिफल भने कर कट्टीपश्चात सम्बन्धित बैंक खातामा जम्मा गरिनेछ।

एनएमबि क्यापिटलले लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्दै दीर्घकालीन लगानी व्यवस्थापन, जोखिम नियन्त्रण तथा प्रभावकारी फण्ड व्यवस्थापनलाई निरन्तरता दिने जनाएको छ।

कम्पनीले प्रतिफल प्राप्त गर्न सहजताका लागि इकाईधनीलाई आफ्नो बैंक विवरण तथा व्यक्तिगत अभिलेख अद्यावधिक राख्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स