बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले आज (साउन २२ गते) फेरि ६० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत बजारबाट खिच्ने भएको छ। राष्ट्र बैंकले ३१ दिने निक्षेप संकलन उपकरण जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट रकम संकलन गर्न लागेको हो। यस उपकरणको साँवा र ब्याज भदौ २२ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आज अपराह्न ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन्।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरका आधारमा हुनेछ। बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।
बोलकबोलमा सहभागी हुने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी, कुल आह्वान गरिएको रकमसम्म बोलकबोल गर्न सक्नेछन्।














![भीषण वर्षा र बाढीले हाइड्रोमा के कति क्षति पुर्यायो ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/CAS7NTAZCBs-maxresdefault-150x150.jpg)

![बाढीले कुन क्षेत्रको Hydropower मा धेरै क्षति पुर्याउने सम्भावना छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/pDpqzAC-erY-maxresdefault-150x150.jpg)


प्रतिकृया