कर्णाली विकास बैंक प्रकरणमा पूर्वसीईओसहित तीन जना पक्राउ

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण २२ गते
कर्णाली विकास बैंक प्रकरणमा पूर्वसीईओसहित तीन जना पक्राउ
AdvertisementAds

समस्याग्रस्त कर्णाली विकास बैंकको कर्जा अपचलन तथा आर्थिक अनियमितता प्रकरणमा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीरजविक्रम शाह, उनकी श्रीमती शुभेक्षा श्रेष्ठ र नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेले उनीहरूलाई शुक्रबार नेपालगन्जबाट नियन्त्रणमा लिएको हो। बैंकिङ कसुर तथा आर्थिक अनियमिततासम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कर्णाली विकास बैंकमा ३ अर्ब २० करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको आरोपमा उच्च अदालत तुलसीपुरको नेपालगन्जस्थित वाणिज्य इजलासमा मुद्दा दर्ता भइसकेको छ। यस प्रकरणमा १०९ जनालाई प्रतिवादी बनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स