संसदभित्र सेयर कारोबार नगर्न सांसदलाई सभामुखको निर्देशन

संसदभित्र सेयर कारोबार नगर्न सांसदलाई सभामुखको निर्देशन
Advertisement Ads

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसद् बैठक चलिरहेका बेला सांसदहरूले सेयर कारोबार नगर्न स्पष्ट निर्देशन दिएका छन्।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख अर्यालले केही सांसदहरूले बैठककै समयमा ल्यापटप प्रयोग गरेर सेयर किनबेच गर्ने गरेको जानकारी आएको उल्लेख गर्दै यस्तो गतिविधि तत्काल रोक्न आग्रह गरेका हुन्। संसद् बैठकमा सांसदहरूको ध्यान छलफल र विधेयकमै केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

सभामुखले सेयर कारोबार मात्र होइन, बैठकका बेला लबीमा अनावश्यक भिडभाड नगर्न पनि निर्देशन दिएका छन्। सांसदहरू बैठक कक्षमा बस्न, आवश्यक परे मात्र खाजा कक्षमा जान वा संसद् परिसर बाहिर रहनुपर्ने उनले बताएका छन्।

बैठकमा सांसदहरूको पोशाक र आचरणको विषय पनि उठेको थियो। सभामुखले मर्यादित पोशाक, आधिकारिक लोगो तथा तोकिएको ड्रेस कोड पालना गर्न सबै दलका प्रमुख सचेतक र सचेतकलाई आफ्ना सांसदहरूलाई सचेत गराउन आग्रह गरेका छन्।

त्यसैगरी, संसद् बैठकमा कालो चस्मा लगाएर उपस्थित हुने चलनबारे पनि छलफल भएको थियो। संसद्को गरिमा र मर्यादा कायम राख्न बैठकका बेला कालो चस्मा नलगाउन सभामुखले निर्देशन दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

4 Comments
Oldest
Newest Most Voted
Nabin Bhattarai
Nabin Bhattarai
1 month ago

😂😥

Hem Bahadur Thapa
Hem Bahadur Thapa
1 month ago

कारोबार समय साँझ ५ बजेदेखि राख्दा हुन्छ।

Devendra mahatara
Devendra mahatara
1 month ago

यो धेरै राम्रो कुरा आफ्नो कार्य समयमा कार्यलय प्रति जिम्मेवार हुनुपर्छ ।अदि त्यो सस्था, जनता र देशभक्ति भएर काम गरिछ भने जुनसुकै ठाउ र अवस्थामा नियम मर्यादित भएर लाग्नु ब्याक्तिगत अनुशासन हो।

Murari
Murari
1 month ago

Misuse of taxpayers money. You MPs are entitled to discuss on law in parliament not in share market.

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स