नापी कार्यालय चाबहिलका खत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नापी कार्यालय चाबहिलका खत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Advertisement Ads

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलको २ र ३ नं. नापी टोली, गोकर्ण (माकलबारी) मा कार्यरत अमिन टोपजंग खत्री विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार जग्गा हालसाबिक गरी जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) बनाइदिने सहजीकरण गर्ने भन्दै सेवाग्राहीसँग १ लाख ६० हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि खत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

खत्रीलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले गत असार २ गते पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा उनले आफ्नो पदको दुरुपयोग गर्दै सहजीकरणको नाममा उक्त रकम लिएको पुष्टि भएको आयोगले जनाएको छ।

Screenshot 7 8 2026 142810 ciaa.gov .np https://bajarkochirfar.com/corruption-case-filed-against-khatri-of-survey-office-chabahil | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स