कृषि विकास बैंकले पुस २९ गते १८औ वर्षिक साधारण सभा बोलाएको छ । सभा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा बैंकले ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै, सभाले अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीलाई तोकिएबमोजिमको चुक्तपुँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि स्वीकृत गर्नेछ।
सभामा आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
सभा प्रयोजनार्थ बैंकले पुस १६ बुक क्लोज गर्ने भएको छ । जस अनुसार , पुस १५ गते सम्म कायम सेयरधनी लाभांश पाउन र सभामा भाग लिन पाउने थिए । तर, पुस १५ गते तमु ल्होसारको अवसरमा सार्वजनिक विदा परेकोले पुस १४ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।

















प्रतिकृया