सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बैशाख ३० गतेदेखि निष्काशनमा ल्याएको २७ प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज (असार ३ गते) अन्तिम दिन हो। कम्पनीले हाल कायम १ कित्ता से यर बराबर ०.२७ कित्ता नयाँ सेयर निष्काशन गर्दै १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो, जसको कुल मूल्य १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबर पर्छ। प्रति सेयरको अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ।
हकप्रद सेयरका लागि कम्पनीले बैशाख ५ गते बुकक्लोज गरेको थियो, जसअनुसार बैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भइ नाम कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन्। केयर रेटिङ्ग्स नेपालले इन्स्योरेन्सलाई CARE-NP BBB रेटिङ्ग प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व बहन गर्ने औसत क्षमता भएको संकेत गर्दछ।
यस हकप्रद निष्काशनको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। सेयरधनीहरूले सो बैंकमार्फत, सन नेपाल लाइफका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरूमार्फत, साथै सी-आस्वा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत पनि आवेदन दिन सक्नेछन्। हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ भने हकप्रद शेयर बाँडफाँटपछि यो पूँजी बढेर ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ।


















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया