नेपाल लाइफ इन्स्योरेन्सले लाभांश सुरक्षित गर्ने आज (माघ ९ गते बुधबार) अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि (माघ १० गते) बुक क्लोज गर्ने घोषणा गरेको छ। त्यसैले, आजसम्म कायम सेयरधनीहरूले साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा माघ २८ गते बिहान ९ बजे वीरगंजस्थित होटल भिष्वामा गर्ने घोषणा गरेको छ। सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र करसहित ११.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ।
साथै, आर्थिक वर्ष २०८०/८१ को नाफा-नोक्सान सम्बन्धी हिसाबको छलफल हुनेछ। आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने विषय पनि सभाको एजेन्डामा समावेश गरिएको छ।






![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)





![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)

![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)





प्रतिकृया