भोलि सरकारको नीति तथा कार्यक्रम संसद बैठकमा पेस हुने

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख २७ गते
भोलि सरकारको नीति तथा कार्यक्रम संसद बैठकमा पेस हुने

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम संघीय संसदको बजेट अधिवेशन सुरु भएकै दिन प्रस्तुत गर्ने भएको छ। संघीय संसदको बजेट अधिवेशन भोलि २८ वैशाखबाट सुरु हुँदैछ।

यसअघि सरकारले २५ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकमार्फत संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको थियो।

सरकारको आग्रहपछि राष्ट्रपति कार्यालयले पनि सम्बोधनको तयारी सुरु भएको जनाएको छ। राष्ट्रपति पौडेलले सरकारको आगामी आर्थिक वर्षको प्राथमिकता, नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नेछन्।

संविधानअनुसार सरकारले प्रत्येक आर्थिक वर्षको बजेट ल्याउनुअघि नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने व्यवस्था छ। त्यसपछि सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स