insta insta

६२९ करोड लागतमा बन्दै गरेको पाँचतारे होटल बन्दीपुर हिलको निर्माण अन्तिम चरणमा, कहिलेदेखि सञ्चालनमा आउँदै ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १५ गते
६२९ करोड लागतमा बन्दै गरेको पाँचतारे  होटल बन्दीपुर हिलको निर्माण अन्तिम चरणमा, कहिलेदेखि सञ्चालनमा आउँदै ?
Advertisement Ads

बन्दीपुर–४ बरालथोकमा निर्माणाधीन पाँचतारे बन्दीपुर हिल होटल अन्तिम चरणमा पुगेको छ। सत्र तले कुइन टावर नाम दिइएको सो होटल आगामी जेठदेखि सञ्चालन गरिनेछ। होटलबाट माछापुच्छ्रेदेखि लाङटाङसम्मका हिमशृङ्खला र बजार क्षेत्र अवलोकन गर्न सकिन्छ।

होटलमा ८० कोठा रहनेछ भने परियोजनाको लागत ६२९ करोड मध्ये ४३३ करोड बराबरको काम सम्पन्न भइसकेको छ। पर्यटकहरूका लागि र्याफ्टिङ, रक क्लाइम्बिङ, जीपलाइन, स्काइसाइक्लिङ जस्ता साहसिक गतिविधि उपलब्ध गराइनेछ। साथै, सामुदायिक विकासका लागि रेशमी खेती, मौरीपालन समेत प्रवर्द्धन गरिनेछ।

बन्दीपुर–४ ठुलढुङ्गास्थित ८० रोपनी क्षेत्रफलमा केबलकार तल्लो स्टेशन र उद्यान निर्माण गरिएको छ। १६१६ मिटर लामो केबलकार यात्रा ७ मिनेटमा पार गर्न सकिन्छ। पहिलो वर्ष रु. ५०० मा आवतजावत गर्न सकिनेछ। हाल परियोजनामा १२० जना कर्मचारी कार्यरत छन्।

बन्दीपुर हिल नेपालकै पहिलो टियूभी प्रमाणित परियोजना हो। अब प्रसिद्ध खड्गदेवी मन्दिर हरेक दिन दर्शन गर्न सकिनेछ। साथै, तल्लो स्टेशनमा जङ्गली म्युजियम, चिल्ड्रेन जोन, ३३ कोटी देवीदेवताका मूर्तिसहितको पार्क समेत सञ्चालनमा ल्याइएको छ। गुरुयोजनाका सबै संरचना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

Untitled 82 73 576x768 1 https://bajarkochirfar.com/the-construction-of-the-five-star-hotel-bandipur-hill-which-is-being-built-at-a-cost-of-rs-629-crore-is-in-the-final-stages-when-will-it-be-operational | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स