सोल्टी होटलले एक जना प्रबन्धक (म्यानेजर–अन्तर्राष्ट्रिय जनसम्पर्क) को लागि आवेदन आह्वान गरेको छ। इच्छुक उम्मेदवारहरूले पर्यटन वा सम्बन्धित क्षेत्रमा कम्तीमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेको हुनुपर्नेछ। साथै, पिएचडी गरेका उम्मेदवारलाई प्राथमिकता दिइने कम्पनीले जानकारी दिएको छ।
उम्मेदवारले अंग्रेजी, चिनियाँ, जर्मन र अन्य युरोपेली भाषामा दक्षता हासिल गरेको हुनुपर्नेछ। यसका अतिरिक्त, उनीहरूसँग इतिहास, संस्कृति र सामाजिक–आर्थिक प्रवृत्तिहरूको राम्रो ज्ञान र अन्तर्राष्ट्रिय पर्यटन व्यवस्थापनमा २०–३० वर्षको अनुभव पनि आवश्यक छ।
सोल्टी होटलले प्रबन्धकको पदको लागि १ लाखदेखि १ लाख ७५ हजार रूपैयाँसम्मको तलब र सुविधाहरू प्रस्ताव गरेको छ। इच्छुक उम्मेदवारहरूले १५ दिनभित्र [email protected] मा इमेल गरी आवेदन दिन सक्नेछन्।




















प्रतिकृया