हकप्रद सेयर जारी गर्ने प्रस्ताव सहित सिन्धु विकास बैंकको साधारण सभा आज बस्दै
सिन्धु विकास बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव सहित आज (फागुन २८) गते वार्षिक साधारण सभा बोलाएको छ। बैंकले हाल कायम रहेको चुक्ता पुँजीमा २:१ अनुपातमा (प्रत्येक २ सेयर बापत थप १ कित्ता हकप्रद सेयर भर्न पाउने) हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारण सभामा पारित गर्नेछ। उक्त सभा होटल मिरावाल, धुलिखेल, काभ्रेपलान्चोकमा बिहान ११ बजे सुरु हुनेछ।
कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम प्रदेश स्तरको विकास बैंक हुनको लागि न्यूनतम चुक्ता पुँजी १ अर्ब २० करोड कायम गर्न हकप्रद बिक्रीको प्रस्ताव गरेको जनाएको छ । हाल बैंकको चुक्ता पुँजी ५५ करोड ७४ लाख रुपैयाँ छ । त्यसैगरी, अन्य उपयुक्त बैंक वा वित्तीय संस्थासँग गाभ्ने-गाभिने वा प्राप्ति प्रक्रियाका लागि मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गर्ने, समझदारी पत्र तर्जुमा गर्ने र आवश्यक सम्पूर्ण प्रकृया पूरा गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव रहेको छ।
सभा प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुकक्लोज गरिसकेको छ। तर्सथ, फागुन १४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन्।