Advertisement Ads

भोलि बस्दैछ सिन्धु विकास बैंकको १६औँ वार्षिक साधारण सभा, यस्ता छन् प्रस्तावहरु

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १४ गते
भोलि बस्दैछ  सिन्धु विकास बैंकको १६औँ वार्षिक साधारण सभा, यस्ता छन् प्रस्तावहरु

सिन्धु विकास बैंकको १६औँ  वार्षिक साधारण सभा भोलि बस्दैछ। माघ २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले फागुन १५ गते धुलिखेल, काभ्रेको होटल सारथिमा बिहान ११ बजेबाट सभा सुरु गर्ने निर्णय गरेको हो।

सभामा बैंकले अन्य कुनै उपयुक्त बैंक वा वित्तीय संस्थासँग गाभ्ने/गाभिने, प्राप्ति गर्ने वा मर्जर सम्बन्धी सबै आवश्यक प्रकृया सम्पन्न गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पेश गरिनेछ। यस्तै, गत आव २०८१/८२ को वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तको वासलात र नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र वित्तीय विवरण सम्बन्धी अनुसुचीमा छलफल गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ।

साथै, चालु आवका लागि लेखापरीक्षकको नियुक्ति र ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गरिनेछ। साधारण सभाका लागि बैंकले माघ २९ गते बुक क्लोज गरिसकेको छ। जस अनुसार, फागुन २८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन्। ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स