कोरम नपुगेपछि स्थगित भएको सिन्धु विकास बैंक साधारण सभा अब कहिले बस्ने ?

कोरम नपुगेपछि स्थगित भएको सिन्धु विकास बैंक साधारण सभा अब कहिले बस्ने ?

गणपूरक संख्या (कोरम) नपुगेपछि स्थगित भएको सिन्धु विकास बैंकको वार्षिक साधारण सभा आगामी चैत ८ गते बस्ने भएको छ । बैंकको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले सभा पुनः बोलाउने निर्णय गरेको हो । यसअघि फागुन २८ गते बोलाएको साधारणसभा गणपुरक संख्या नपुगेर स्थगित भएपछि पुनः चैत ८ गते काभ्रेपलाञ्चोकको मिरावल रिसोर्टमा बिहान ९ बजेदेखि बस्ने गरी सभा बोलाएको हो ।

अब चैत ८ गते बैंकले यसअघि नै समावेश गरिएका प्रस्तावहरू सभामा छलफल गरी पारित गर्नेछ । सभामा बैंकले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर बिक्रीको प्रस्ताव पेश गर्नेछ । बैंकले हाल कायम रहेको चुक्ता पुँजीमा २ : १ (प्रत्येक २ सेयरमा १ हकप्रद सेयर) अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारण सभामा पारित गर्नेछ। यस्तै, बैंकले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने–गाभिने प्रस्ताव पनि पेश गर्नेछ ।

 

Screenshot 16 3 2025 142515 www.nepalstock.com https://bajarkochirfar.com/when-will-the-sindhu-bikas-bank-general-meeting-which-was-postponed-due-to-lack-of-quorum-be-held | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स