सिन्धु विकास बैंक लिमिटेडले फागुन १५ गते बोलाएको १६औँ वार्षिक साधारण सभा गणपूरक संख्या नपुगेको कारण स्थगित गरेको छ। स्थगित सभा पुनः फागुन २९ गते अरनिको पार्टी प्यालेस, बनेपा, काभ्रेपलाञ्चोकमा विहान १० बजे बस्नेछ। फागुन १५ गते कम्पनीको सञ्चालक समितिले सभाको मिति, समय र स्थान तय गरेको थियो।
सभाले पहिल्यै निर्धारित प्रस्तावहरू पारित गर्नेछ। यसअन्तर्गत, सर्वसाधारण शेयरधनीहरूको तर्फबाट तीन जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव र बैंक वा अन्य वित्तीय संस्थासँग मर्जर वा प्राप्तिमा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि समावेश छन्।
सभामा भाग लिनका लागि माघ २९ गते एक दिनको बुक क्लोज गरिएको छ। सोही बुक क्लोजको आधारमा सेयरधनीहरू सभामा भाग लिन सक्नेछन्। यस वर्ष पनि बैंकले लाभांश वितरण नगर्ने भएको छ। बैंकले आर्थिक वर्ष ०७५/७६ पछि लाभांश वितरण गरेको छैन। उक्त वर्ष बैंकले ११.४९% बोनस सेयर र कर प्रयोजनका लागि ०.६०% नगद लाभांश वितरण गरेको थियो।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)



प्रतिकृया