श्रृजनशील लघुवित्तको नाफा तेब्बर, इपीएस २८ रुपैयाँले बढ्यो

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २९ गते
श्रृजनशील लघुवित्तको नाफा तेब्बर, इपीएस २८ रुपैयाँले बढ्यो
AdvertisementAds

श्रृजनशील लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, लघुवित्तको खुद नाफा २२१.१६ प्रतिशतले बढेर ४ करोड ५० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थाले १ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

संस्थाको खुद ब्याज आम्दानी ५६.५९ प्रतिशतले बढेर १६ करोड ८८ लाख रुपैयाँ पुगेको छ। जसकारण नाफामा उल्लेख्य वृद्धि भएको हो।

चौथो त्रैमाससम्ममा श्रृजनशील लघुवित्तको निक्षेप संकलन ११.१७ प्रतिशतले बढेर ८४ करोड ६९ लाख रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह २३.०९ प्रतिशत बढेर २ अर्ब ६९ करोड ९३ लाख रुपैयाँ पुगेको छ। यता, खराब कर्जा अनुपात ३.३० प्रतिशतबिन्दुले बढेर ९.७९ प्रतिशत पुगेको छ।

संस्थाको चुक्ता पूँजी १० करोड ९३ लाख रुपैयाँ, वितरणयोग्य मुनाफा ३ करोड ५१ लाख ६६ हजार रुपैयाँ, रिटेन्ड अर्निङ ५ करोड ७ लाख रुपैयाँ र रिजर्भमा ११ करोड ६ लाख रुपैयाँ सञ्चित रहेको छ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २८.४१ रुपैयाँले बढेर ४१.२५ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ २४७.६० रुपैयाँ रहेको छ। साथै, मूल्य आम्दानी अनुपात ५२.६० गुणा र तरलता अनुपात ३२.६४ प्रतिशत रहेको छ।

AdvertisementAds

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स