श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ। नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त राष्ट्रियस्तरिय लघुवित्त संस्थाले कनिष्ठ फिल्ड सहायक (प्रशिक्षार्थी) पदका लागि खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न केही संख्यामा कर्मचारी माग गरेको हो।
उक्त पदका लागि कुनै पनि विषयमा प्लस टू उत्तीर्ण व्यक्तिले आवेदन दिन सक्नेछन्, भने वाणिज्य, अर्थशास्त्र वा गणित विषयमा प्लस टू गरेका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
उमेर सीमा १८ वर्ष पूरा भई अधिकतम ३५ वर्ष (महिलाका लागि ४० वर्ष) तोकिएको छ। छनोट प्रक्रिया अन्तर्गत लिखित परीक्षा, फिल्ड अवधारणा परीक्षण, र अन्तर्वार्ता उत्तीर्ण गरेपछि ६ महिनाको तालिम र ६ महिनाको परीक्षणकाल पूरा गरी स्थायी नियुक्ति दिइनेछ।
योग्य तथा इच्छुक उम्मेदवारले चैत ७ गतेभित्र आवेदन दिन सक्नेछन्।




















प्रतिकृया