शाइन रेसुङ्गाको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

शाइन रेसुङ्गाको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको सोह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल मणिग्राम, रुपन्देहीमा सम्पन्न भएको हो ।सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थसहित ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, सभाले मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा संस्थापकका तर्फबाट ३ जना र सर्वसाधारणका तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स