सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
साधारण सभाले बैंकको हाल कायम चुक्ता पूँजीको ५.३५८३ प्रतिशत नगद लाभांश (करसहित) र ५ प्रतिशत बोनस सेयर गरी कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। नगद लाभांशको रकम १९ करोड ५ लाख ५३ हजार रुपैयाँ र बोनस सेयरको रकम १७ करोड ७८ लाख १२ हजार रुपैयाँ रहेको छ।
प्रस्ताव पारित भएसँगै बैंकको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार रुपैयाँ पुग्नेछ। साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत गर्नुका साथै लेखापरीक्षक नियुक्ति, प्रबन्धपत्र संशोधन, मर्जर तथा प्राप्तिसम्बन्धी प्रस्तावहरू पनि पारित गरेको छ। हाल बैंकले मुलुकभर १०९ शाखा र ३० वटा एटीएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।




















प्रतिकृया