एसइई आजदेखि सुरु, ५ लाख बढी विद्यार्थीले परीक्षा दिँदै

एसइई आजदेखि सुरु, ५ लाख बढी विद्यार्थीले परीक्षा दिँदै
Advertisement Ads

माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशभर सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका २,०७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि परीक्षा सञ्चालन हुनेछ। यस वर्षको परीक्षामा ५,१४,०७१ विद्यार्थी सहभागी हुनेछन्, जुन गत वर्षको तुलनामा ४९,२८६ ले बढी हो। गत वर्ष परीक्षार्थी संख्या ४,६४,७८५ थियो।

परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना, तथा मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ। परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष तथा हरेक २० विद्यार्थी बराबर एकजना निरीक्षक खटाइने व्यवस्था गरिएको छ। यद्यपि, ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिने बताइएको छ।

यस वर्षको एसइई परीक्षा आजदेखि सुरु भई चैत १९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने व्यवस्था गरिएको छ।

newskarkahna news832310 https://bajarkochirfar.com/see-begins-today-over-5-lakh-students-appear-for-the-exam | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स