लाभांश पारित गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आगामी चैत ८ गते शुक्रबार आठौं वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ। सभा नयाँ बानेश्वरस्थित अनमोल बैंक्वेटमा बिहान ११ बजे सुरु हुनेछ।
सभामा चुक्ता पूँजीको १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरिनेछ। बोनस सेयर वितरणपछि पूँजी वृद्धि गर्ने प्रस्ताव सहित प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, खर्च अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ। साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वित्तीय विवरण अनुमोदन, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण जस्ता प्रस्तावहरू पनि सभामा प्रस्तुत गरिनेछन्।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन २६ गते बुक क्लोज गर्नेछ। जस अनुसार फागुन २५ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया