सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत वर्षको तुलनामा सामान्य बढे पनि प्रतिसेयर आम्दानी भने घटेको छ।
कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २३ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.४४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस अवधिमा कम्पनीको खुद नाफा २१ करोड ९७ लाख रुपैयाँ थियो। खुद बीमाशुल्क आर्जनमा सुधार भएसँगै नाफामा बढेको हो। समीक्षा अवधिमा खुद बीमाशुल्क आर्जन १८.७३ प्रतिशतले बढेर ३ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले २ अर्ब ६२ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
त्यसैगरी, कुल आम्दानी २०.९७ प्रतिशतले बढेको छ भने खुद दाबी भुक्तानीमा २४.९२ प्रतिशतको वृद्धि भएको छ। यता खर्च पनि २१.९९ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा इन्स्योरेन्सको ईपीएस १ रुपैयाँ १४ पैसा घटेर ९ रुपैयाँ ३६ पैसामा सीमित भएको छ। यता प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ३८ पैसा कायम भएको छ।
हाल इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब ९५ करोड ३० लाख रुपैयाँ छ।



















प्रतिकृया