सानिमा फ्लेक्सी फण्डले सार्वजनिक निष्कासन गर्ने पायो अनुमति, एक अर्बको इकाई बेच्दै
नेपाल धितोपत्र बोर्डले सानिमा फ्लेक्सी फण्ड (खुलामुखी योजना)लाई सार्वजनिक निष्कासन गर्न अनुमति दिएको छ । माघ २ गते सानिमा फ्लेक्सी फण्ड धितोपत्र बोर्डबाट अनुमति पाएको हो।
बोर्डले कम्पनीलाई प्रति इकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँको १० करोड इकाई निष्कासन गर्न अनुमति दिएको हो । यसको योजना व्यवस्थापकमा सानिमा क्यापिटल रहेको छ ।