लाभांश पारित गर्न समता घरेलु लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज मिति कहिले ?
समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा फागुन ११ गते मिराबेल रिसोर्ट एन्ड होटल, धुलिखेल, काभ्रेपलकाञ्चोकमा बिहान साढे ११ बजे सुरु हुनेछ।
सभामा संस्थाले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। सभा मा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल हुनेछ। साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा र लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्न आवश्यक परेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ।
सभा प्रयोजनका कम्पनीले माघ २४ गते बुक क्लोज गर्ने भएको छ। जस अनुसार, माघ २३ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।