साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ५८औं वार्षिक साधारणसभा आगामी चैत १५ गते, शुक्रबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे बस्नेछ।
सभामा सञ्चालक समितिले चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पेश गर्नेछ। साथै, ऋण सुविधा लिने प्रस्ताव अनुमोदन गर्नुका साथै प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिएको राहत रकम स्वीकृत गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।
साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरू छलफल गरी पारित गरिनेछ भने चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणको प्रस्ताव पनि सभामा पेस गरिनेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत १ देखि १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअनुसार फागुन २८ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।










![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया