आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले सोमबार पुस २९ गते एघारौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा वेष्टर्न एशियन होटल प्रा.लि, बुटवल, रुपन्देहीमा बिहान साढे ९ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
साथै, सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु परित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ११ गते बुकक्लोज गर्ने भएको छ। जस अनुसार पुस ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया