नेपाल प्रहरीले गत शुक्रबार तीनकुनेमा भएको हिंसात्मक घटनाको अनुसन्धान गर्नका लागि आम जनता र सामाजिक सञ्जाल प्रयोगकर्तासँग सहयोगको आग्रह गरेको छ। आइतबार फेसबुकमा पोस्ट गर्दै प्रहरीले फोटो, भिडिओ र संलग्न व्यक्तिको विवरण उपलब्ध गराउन अनुरोध गरेको हो।
सूचनामा भनिएको छ, “चैत १५ गते तीनकुने, कोटेश्वर, सिनामंगल, जडीबुटी लगायतका विभिन्न क्षेत्रहरूमा निजी सम्पत्ति, प्रहरी कार्यालय, संचार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र तथा सवारीसाधनमा तोडफोड, आगजनी, लुटपाट र अन्य अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूका सम्बन्धमा अनुसन्धानका लागि तथ्यपरक सूचना (फोटो, भिडियो, व्यक्तिका विवरण) उपलब्ध गराइदिन अनुरोध छ।”
प्रहरीले सूचनाकर्ताको गोपनीयता कायम राख्ने जानकारी पनि दिएको छ।


प्रतिकृया