पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले पुस २३ गते १८औँ वार्षिक साधारणसभा बोलाएको छ। सभा काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा बिहान ११ बजे बस्ने भएको छ। सभाले १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ। हकप्रद सेयरबाट संकलित रकममध्ये ५० प्रतिशत ऋण भुक्तानीमा र बाँकी ५० प्रतिशत आयोजना निर्माण कार्यमा खर्च गर्ने योजना कम्पनीले अघि सारेको छ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षित वित्तीय विवरणहरू उपर छलफल गरी पारित गरिनेछ। साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश गरिनेछ। त्यसैगरी, कम्पनीको स्वामित्वमा रहेको हिमचुली दोर्दी जलविद्युत आयोजना हिमचुली पावर कम्पनी प्रा.लि. लाई हस्तान्तरण गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा समावेश गरिएको छ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार नेप्सेमा पुस ९ गतेसम्म कायम सेयरधनी मात्र साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।







![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया