पिपुल्स हाइड्रोपावर लिमिटेडको २ करोड ६५ लाख ६१ हजार ८ सय कित्ता सेयरको लकइन अवधि आगामी २०८२ मङ्सिर ५ गते समाप्त हुने भएको छ।
सो अवधि सकिएसँगै कम्पनीका संस्थापक समूहका २ करोड ४० लाख कित्ता, कर्मचारीतर्फका १ लाख ६८ हजार १ सय ९० कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दातर्फका २३ लाख ९३ हजार ६ सय १० कित्ता गरी कुल २ करोड ६५ लाख ६१ हजार ८ सय कित्ता सेयरहरू बजारमा खरीद–बिक्री गर्न मिल्नेछन्। तर कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारीहरूले भने ती सेयरहरू तत्काल कारोबार गर्न नपाउने व्यवस्था यथावत् रहनेछ।





















प्रतिकृया