पिपुल्स हाइड्रोपावरले यी दुई कम्पनीमा लगानी गर्ने

पिपुल्स हाइड्रोपावरले यी दुई कम्पनीमा लगानी गर्ने
Advertisement Ads

पिपुल्स हाइड्रोपावरले दुई कम्पनीमा लगानी गर्ने निर्णय गरेको छ।

कम्पनीको सञ्चालक समितिको बैठकले बैंक खातामा रहेको लगानीयोग्य रकममध्येबाट न्यादी फिदी जलविद्युत आयोजना र जनता एग्रो एन्ड फरेष्ट्रीमा लगानी गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार कम्पनीले न्यादी फिदी जलविद्युत आयोजनाको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५ लाख कित्ता सेयर खरिद गर्नेछ। त्यस्तै, जनता एग्रो एन्ड फरेष्ट्रीको प्रतिकित्ता १२५ रुपैयाँका दरले २ लाख कित्ता सेयरमा लगानी गर्नेछ।

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा निर्माणाधीन २१.४ मेगावाट क्षमताको न्यादी फिदी जलविद्युत आयोजना निर्माणको चरणमा रहेको परियोजना हो। यस्तै, जनता एग्रो एन्ड फरेष्ट्री निकट भविष्यमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने तयारीमा रहेको कम्पनी हो।

notice 1783324336260 https://bajarkochirfar.com/peoples-hydropower-to-invest-in-these-two-companies | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स