पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो बैंक खातामा रहेको लगानी योग्य मौज्दात रकम मध्येबाट दुईवटा विभिन्न कम्पनीहरूमा लगानी गर्ने निर्णय गरेको छ। कम्पनीको मिति २०८३/०३/१९ गते बसेको संचालक समितिको बैठकले प्रबन्धपत्रको व्यवस्था अनुसार यो निर्णय गरेको सूचनामा उल्लेख छ।
सूचना अनुसार कम्पनीले पहिलो लगानीका रूपमा लमजुङ्ग जिल्लाको मर्स्याङ्गदी गाउँपालिकामा निर्माणाधीन २१.४ मेगावाटको न्यादी फिदी जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीको प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका ५,००,००० कित्ता सेयर खरिद गर्ने निर्णय गरेको छ। सो जलविद्युत आयोजनाले सन् २०२७ को नोभेम्बरसम्ममा व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।
यसैगरी, कम्पनीले दोस्रो लगानीका रूपमा कृषि तथा वनपैदावर क्षेत्रमा क्रियाशील जनता एग्रो एण्ड फोरेष्ट्री लिमिटेडको प्रति सेयर १२५ रुपैयाँका दरले २,००,००० कित्ता सेयर खरिद गर्ने निर्णय गरेको छ। उक्त कृषि कम्पनीले झापा, अर्घाखाँची, लमजुङ्ग, पर्वत लगायतका जिल्लामा कृषि उत्पादन तथा बजारीकरण गरिरहेको र निकट भविष्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने तयारीमा रहेको सूचनामा उल्लेख छ।
थप जानकारीका लागि आधिकारिक सूचना हेर्नुहोस्:

