हिमालयन बैंक लिमिटेडले विभिन्न सामग्रीहरूको आपूर्तिका लागि मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका इच्छुक तथा योग्य संस्थाहरूबाट सिलबन्दी बोलपत्र आह्वान गरेको छ। बैंकले ५० थान सीपीयू (CPU) र ५० थान माइक्रोसफ्ट विन्डोज ११ प्रो लाइसेन्स (Microsoft Windows 11 Pro License) खरिद गर्नका लागि यो प्रस्ताव आह्वान गरेको सूचनामा उल्लेख छ।
इच्छुक बोलपत्रदाताले दुवै वा कुनै एक सामग्रीको आपूर्तिका लागि बोलपत्र फारम प्राप्त गर्न सक्नेछन्। यसका लागि संस्थाको आफ्नै लेटरहेडमा लिखित अनुरोध पत्र सहित र फिर्ता नहुने गरी ५,००० रुपैयाँ दस्तुर बैंकको जुनसुकै शाखामा रहेको आईडीटी (IDT) खातामा जम्मा गरेको भौचर पेस गर्नुपर्नेछ। प्राप्त बोलपत्र फारमहरू र आवश्यक कागजातहरू कमलादीस्थित बैंकको कर्पोरेट कार्यालयको सामान्य प्रशासन विभागमा २०२६-०९-०३ गते कार्यालय समयभित्र दर्ता गराइसक्नुपर्ने कम्पनीले जनाएको छ।
बोलपत्रदाताहरूले प्राविधिक प्रस्ताव (Technical Bid) र व्यावसायिक प्रस्ताव (Commercial Bid) छुट्टाछुट्टै खाममा सिलबन्दी गरी ती दुवै खामलाई पुनः एउटै ठूलो खामभित्र सिलबन्दी गरेर बुझाउनुपर्नेछ। प्रस्तावहरू छुट्टाछुट्टै पेस नगरिएको खण्डमा बोलपत्र स्वतः रद्द हुने सूचना अनुसार जनाइएको छ। यसका साथै बोलपत्रदाताले कुल बोलपत्र रकमको कम्तीमा ५ प्रतिशत बराबरको नगद रकम वा सोही रकम बराबरको ९० दिन अवधि भएको बिड बन्ड (Bid Bond) नेपालको ‘क’ वर्गका वाणिज्य बैंकबाट जारी गराई पेस गर्नुपर्नेछ। प्राप्त बोलपत्रहरू पूर्ण वा आंशिक रूपमा स्वीकृत गर्ने वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार बैंकमा सुरक्षित रहनेछ।
थप जानकारीका लागि आधिकारिक सूचना हेर्नुहोस्:
Tags:

