कोरिया नेपाल बहुप्राविधिक शिक्षालयद्वारा निःशुल्क सीपमूलक तालिमको लागि आवेदन आह्वान

Aug 18, 2026

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) अन्तर्गतको कोरिया नेपाल बहुप्राविधिक शिक्षालय, बुटवलले शैक्षिक सत्र २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार विभिन्न सात विधामा निःशुल्क सीपमूलक तालिम प्रदान गर्न आवेदन आह्वान गरेको छ। शिक्षालयले २०८३ मंसिर महिनादेखि सुरु हुने तालिमहरूका लागि इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूबाट २०८३/५/३१ गते कार्यालय समयभित्र आवेदन फारम भर्न आग्रह गरेको सूचनामा उल्लेख छ।

तालिमहरूमा लाइट भेहिकल मेकानिक, कम्प्युटर हार्डवेयर टेक्निसियन, सोलार इलेक्ट्रिसियन टेक्निसियन, रेफ एण्ड एसी जुनियर मेकानिक, आर्क वेल्डर, असिस्टेन्ट ब्युटिसियन र इन्डियन कुक रहेका छन्। प्रत्येक विधामा २० जनाको कोटा निर्धारण गरिएको छ भने सबै तालिमको अवधि ३९० घण्टाको रहनेछ। यी तालिमहरूका लागि न्यूनतम शैक्षिक योग्यता साधारण लेखपढ गर्न जान्ने हुनुपर्ने व्यवस्था गरिएको छ। आवेदनका साथमा नेपाली नागरिकताको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रति संलग्न गर्नुपर्नेछ।

शिक्षालयका अनुसार आगामी २०८३/६/६ र २०८३/६/७ गते बिहान ११:०० बजे अन्तर्वार्ता परीक्षा सञ्चालन हुनेछ। अन्तर्वार्ताको नतिजा २०८३/६/१६ गते प्रकाशन गरिनेछ भने तालिमको उद्घाटन तथा कक्षा सञ्चालन २०८३/६/१७ गते बिहान ११:०० बजे बुटवल-१२, तामनगरस्थित कोरिया नेपाल बहुप्राविधिक शिक्षालयमा हुने तय भएको छ।

थप जानकारीका लागि आधिकारिक सूचना हेर्नुहोस्:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स