नेपाल राष्ट्र बैंकद्वारा ६ वटा लघुवित्त वित्तीय संस्थामाथि कारबाही

Sep 23, 2026

नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा इजाजतपत्रप्राप्त “घ” वर्गका ६ वटा लघुवित्त वित्तीय संस्थाहरूलाई नियामक मापदण्ड पालना नगरेको भन्दै कारबाही गरेको छ। राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष अनुपात कायम नगर्ने र अनिवार्य नगद मौज्दात कायम नगर्ने संस्थाहरूमाथि बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी नियमावली बमोजिम कारबाही तथा नगद जरिवाना गरिएको हो।

कारबाहीमा परेका संस्थाहरूमध्ये फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेड सुनसरीले २०८२ असार मसान्तमा न्यूनतम पूँजीकोष अनुपात ६.१२ प्रतिशत मात्र कायम गरेको पाइएपछि २०८३/०१/०८ मा शीघ्र सुधारात्मक कारबाही गरिएको छ। यसैगरी धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड बागलुङले न्यूनतम पूँजीकोष अनुपात ६.३८ प्रतिशत कायम गरेकोले २०८३/०१/१० मा तथा एनआईसी लघुवित्त वित्तीय संस्था लिमिटेड बनेपाले ६.३९ प्रतिशत मात्र कायम गरेकोले २०८३/०३/१२ मा शीघ्र सुधारात्मक कारबाही भोग्नु परेको छ। मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड बुढानिलकण्ठले सोही अवधिमा न्यूनतम पूँजीकोष अनुपात ४.०८ प्रतिशत कायम गरेपछि २०८३/०१/२९ मा कारबाहीमा परेको छ।

अनिवार्य नगद मौज्दात कायम नगर्ने संस्थाहरूमा वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड बनेपालाई २०८२ चैत महिनामा अनिवार्य मौज्दात कायम नगरेको भन्दै २०८३/०३/२३ मा पहिलो पटकका लागि ५ हजार ८ सय ३६ रुपैयाँ जरिवाना गरिएको छ। यसैगरी सञ्जीवनी लघुवित्त वित्तीय संस्था लिमिटेड तुलसीपुरलाई २०८२ चैत तथा २०८३ वैशाख, जेठ र असार महिनामा अनिवार्य नगद मौज्दात कायम नगरेकोमा क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो पटकका लागि क्रमशः ७ हजार १३८ रुपैयाँ, १० हजार ६५० रुपैयाँ, १४ हजार २९१ रुपैयाँ र १४ हजार १०७ रुपैयाँ नगद जरिवाना लगाइएको छ।

थप जानकारीका लागि आधिकारिक सूचना हेर्नुहोस्:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स