समस्याग्रस्त ४ सहकारीका १०५ साना बचतकर्ताले पाए रकम फिर्ता

समस्याग्रस्त ४ सहकारीका १०५ साना बचतकर्ताले पाए रकम फिर्ता
Advertisement Ads

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले चार समस्याग्रस्त सहकारीका १०५ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखर सहकारीका ३५, ओरिन्टल को–अपरेटिभका २, तुलसी बहुमुखी सहकारीका १३ र कान्तिपुर सहकारीका ५५ जना बचतकर्ताको रकम फिर्ता गरिएको हो।

सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त भएको रकमबाटै पीडित बचतकर्तालाई बचत फिर्ता गर्ने व्यवस्था गरेको जनाएको छ।

समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको हो। अब बचत रकमका आधारमा बचतकर्तालाई क्रमशः वर्गीकरण गरी रकम फिर्ता गर्दै जाने समितिले जनाएको छ।

समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई प्रचलित कानुनी व्यवस्थाअनुसार फिर्ता गर्ने कार्य निरन्तर सञ्चालन भइरहेको समितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स