एनआईसी एशिया बैंकद्वारा अंग्रेजीबाट नेपालीमा कागजात अनुवाद गर्ने उपकरण आपूर्तिको लागि बोलपत्र आह्वान

Sep 15, 2026

एनआईसी एशिया बैंक लिमिटेडले अंग्रेजी भाषाका कागजातहरूलाई नेपालीमा अनुवाद तथा सिर्जना गर्ने उपकरण तथा सेवा आपूर्ति र कार्यान्वयनका लागि योग्य फर्म वा कम्पनीहरूबाट सिलबन्दी बोलपत्र आह्वान गरेको छ। यस कार्यका लागि योग्य र इच्छुक संस्थाहरूले बैंकको तोकिएको प्रक्रिया पूरा गरी बोलपत्र आवेदन दर्ता गराउन सक्ने सूचनामा उल्लेख छ।

बोलपत्र दस्तावेज प्राप्त गर्नका लागि इच्छुक बोलपत्रदाताले काठमाडौँको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयको तेस्रो तल्लामा रहेको सामान्य प्रशासन विभागबाट दस्तुर बुझाएर फारम लिन सक्नेछन्। यसका लागि फिर्ता नहुने गरी प्रति सेट पाँच हजार रुपैयाँ एनआईसी एशिया बैंकको विविध आम्दानी खाता नम्बर ००९८३६५५२४१००१ मा जम्मा गरेको भौचर पेस गर्नुपर्ने कम्पनीले जनाएको छ।

बोलपत्रमा सहभागी हुनका लागि कम्पनीले निश्चित योग्यता पूरा गरेको हुनुपर्ने बैंकले जनाएको छ। जसअन्तर्गत बोलपत्रदाता नेपालको प्रचलित कानुनबमोजिम दर्ता भएको कानुनी निकाय हुनुपर्नेछ भने नेपालका कम्तीमा तीनवटा बैंक तथा वित्तीय संस्था वा अन्य संस्थामा सम्बन्धित कार्य गरेको अनुभव हुनुपर्नेछ। यसका साथै आर्थिक वर्ष २०८१/८२ मा कम्तीमा एक करोड रुपैयाँ (१० मिलियन रुपैयाँ) को वार्षिक कारोबार भएको हुनुपर्ने सर्त सूचनामा तोकिएको छ।

इच्छुक बोलपत्रदाताहरूले सम्पूर्ण आवश्यक कागजातसहितको सिलबन्दी बोलपत्र प्रस्ताव आगामी सन् २०२६ सेप्टेम्बर २९ भित्र कार्यालय समयभित्र बैंकको सामान्य प्रशासन विभागमा भौतिक रूपमा बुझाउनुपर्नेछ। तोकिएको अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्टको कार्यदिनलाई अन्तिम मिति मानिने व्यवस्था गरिएको छ। बोलपत्र खोल्ने मिति सहभागी बोलपत्रदाताहरूलाई इमेलमार्फत जानकारी गराइनेछ। बैंकले कुनै पनि बोलपत्र पूर्ण वा आंशिक रूपमा स्वीकृत वा अस्वीकृत गर्ने तथा बोलपत्र प्रक्रिया खारेज वा परिमार्जन गर्ने अधिकार आफूमा सुरक्षित राखेको छ।

थप जानकारीका लागि आधिकारिक सूचना हेर्नुहोस्:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स