भुजुङ्ग हाइड्रोपावरले बोलायो साधारण सभा, केके छन् प्रस्तावहरु ?

भुजुङ्ग हाइड्रोपावरले बोलायो साधारण सभा, केके छन् प्रस्तावहरु ?
Advertisement Ads

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले पाँचौँ वार्षिक साधारण सभा असोज २२ गते बिहीबार आयोजना गर्ने भएको छ। सभा काठमाडौंको भाटभटेनीस्थित Amrapali Banquet Catering & Event Pvt. Ltd. मा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण र आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पेश हुनेछन्।

त्यस्तै, आर्थिक वर्ष २०८२/८३ मा सञ्चालक समितिबाट भएका निर्णय तथा कामकारबाही अनुमोदन गर्ने प्रस्ताव पनि सभामा रहनेछ।

विशेष प्रस्तावअन्तर्गत कम्पनीले अन्य कुनै कम्पनीमा लगानी गर्नका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव राखेको छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १३ गते एक दिन सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ। त्यसअनुसार असोज १२ गतेसम्म नेप्सेमा कारोबार भई आफ्नो नाममा सेयर नामसारी भएका सेयरधनी सभामा सहभागी हुन योग्य हुनेछन्।

सभामा सहभागी हुने सेयरधनीले परिचयपत्रसहित उपस्थित हुनुपर्नेछ। हाजिरी पुस्तिका बिहान १० बजेदेखि सभा सञ्चालन हुँदासम्म खुला रहने कम्पनीले जनाएको छ।

Screenshot 16 9 2026 121335 www.nepalstock.com https://bajarkochirfar.com/bhujung-hydropower-has-called-a-general-meeting-what-are-the-proposals | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स