भुजुङ हाईड्रोपावरले बोलायो साधारण सभा, यस्ता छन् प्रस्तावहरु

भुजुङ हाईड्रोपावरले बोलायो साधारण सभा, यस्ता छन् प्रस्तावहरु

भुजुङ हाईड्रोपावर लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ ३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बोलाउने निर्णय गरेको हो ।

कम्पनीको सभा यही जेठ २७ गते काठमाडौंको भाटभटेनी (बालुवाटार रोड) स्थित आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीको प्रबन्धपत्रको दफा ६ तथा नियमावलीको नियम २७, २८ र २९ मा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पेश गरिनेछ । साथै, सञ्चालक समितिका अध्यक्ष, सदस्य, कम्पनी सचिव तथा आमन्त्रित विज्ञ सदस्यहरूको बैठक भत्ता र दैनिक भ्रमण भत्तामा वृद्धि गर्ने प्रस्ताव पनि पारित गरिनेछ । प्रस्तावमा आवश्यक संशोधन वा परिमार्जन गर्नुपरेमा सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विषय पनि सभाको एजेन्डामा समावेश गरिएको छ ।

त्यसैगरी, सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा सो अवधिको वित्तीय विवरण पारित गर्नेछ । सभाबाट ५ जना संस्थापक सेयरधनी र १ जना सर्वसाधारण सेयरधनी गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत रहेको छ । साथै, सञ्चालक समितिबाट गरिएको प्रमुख कार्यकारी अधिकृत, स्वतन्त्र सञ्चालक तथा कम्पनी सचिवको नियुक्ति अनुमोदन गर्ने विषय पनि सभामा पेश गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स