भुजुङ्ग हाईड्रोपावरको वार्षिक साधारण सभा सम्पन्न

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ ३१ गते
भुजुङ्ग हाईड्रोपावरको वार्षिक साधारण सभा सम्पन्न

भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा शुक्रबार काठमाडौं महानगरपालिका–१०, बालुवाटारस्थित आम्रपाली ब्याङ्वेट क्याटरिङ एण्ड इभेन्टमा सफलतापूर्वक सम्पन्न भएको छ ।

उक्त साधारण सभाबाट संस्थापक सेयरधनीको तर्फबाट श्री माधव राज आचार्य, डा. हिमाल भट्टराई, श्री राजेश्वर दुवाल, श्री टंक प्रसाद सुवेदी तथा श्री सन्तोष श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी सर्वसाधारण सेयरधनीको तर्फबाट श्रीमती जेलिना श्रेष्ठ निर्वाचित भएकी छन् भने साधारण सभाले स्वतन्त्र संचालकमा श्रीमती रीता गौतमलाई मनोनयन गरेको छ ।

साधारण सभामा कम्पनीको वार्षिक प्रतिवेदन, आर्थिक विवरण, भावी योजना तथा विभिन्न प्रस्तावहरूमाथि छलफल गरी पारित गरिएको थियो । कार्यक्रममा सेयरधनीहरुबीच कम्पनीको भावी रणनीति तथा विकासका विषयमा सकारात्मक अन्तरक्रिया समेत भएको थियो ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स